बैंक हृयाक र अनलाइन मार्फत ठगी गर्ने गिरोह पक्राउ

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौं | बैंक ह्याक र अनलाइन मार्फात ठगि गर्ने तिन जना पक्राउ परेका छन् | अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो भन्दै विभिन्न प्रलोभन देखाई ठगी गर्ने समुहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो |

प्रहरीका अनुसार उनीहरुले बैङ्क ह्याकिङसम्म गरेका छन् | उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ |

पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन | यस बिषयमा थप जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!