कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

Posted on: 11 Dec, 2019

मंसिर २५, कञ्चनपुर | जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिए |

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको छ | उनीहरु बिहान घाँस काट्न जङ्गल जाँदा  हात्तीको आक्रमणमा परेका थिए | इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए |

उनले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!