नेता बनाउने रियालिटी सो हुँदै, पूर्व प्रधानमन्त्री र पूर्व-प्रधान न्यायाधिस समेत जज बन्दै

Posted on: 12 Dec, 2019

मङ्सिर २५, काठमाडौँ | नेपाली टेलिभिजनहरुमा गायन र हास्य रियालिटी सोहरु संचालनमा आई रहेका बेला न्युज २४ टेलिभिजनले भने नेता बनाउने रियालिटि सो 'द लिडर' ल्याउने भएको छ । 

टेलिभिजन पत्रकारिता मार्फत् चर्चामा रहेका रवि लामिछानेले केही समयदेखि केही फरक प्रयास गर्ने भन्दै उद्घोष गर्दै आएको कार्यक्रम यही रियालिटि सो रहेको छ । 

विहीबार एक कार्यक्रमको आयोजना गरि 'द लिडर' रियालिटि सो चलाउने घोषणा गरिएको छ । सिधा कुरा जनतासँग कार्यक्रममार्फत् चर्चामा आएका लामिछानेकै अग्रसरतामा अब नयाँ टेलिभिजन कार्यक्रम 'द लिडर' सञ्चालनमा आउन लागेको हो । देश विदेशमा रहेका नेता बन्ने क्षमता भएका नेपालीहरुलाई कार्यक्रममा सहभागी गराई 'द लिडर' रियालिटी सो संचालन हुने घोषणा गरिएको छ । जसको लागि ५ जना जज हुने र ति मध्ये ३ जनाको आजै घोषणा गरिएको छ । जसमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व-प्रधानन्यायाधिस सुशिला कार्की र साझा पार्टीका नेता रविन्द्र मिश्र रहेका छन् ।  

यसअघि चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ ल्याएको एसआरबिएन मिडियाले यो कार्यक्रम तयार गर्नेछ । नेपाल भीत्रका सातै प्रदेश, प्रवासमा अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा प्रारम्भिक अडिसनहरु सञ्चालन गरि कार्यक्रमका लागि एक सय जना नयाँ नेतृत्व खोजेर उनीहरुबीच प्रतिस्पर्धा गराउने कार्यक्रमको डिजाइन रहेको छ । 

यो रियालिटी सो बिजेताले पुरस्कारमा काठमाडौँमा सानदार अपार्टमेन्ट, गाडी, २० लाख नगद र राजनीतिमा अवसर पाउने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!