मंसिर २७, काठमाडौँ | भक्तपुरमा बनभोज गएको बस दुर्घटना भएको छ | काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएको हो |
प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए | दुर्घटनामा परि २२ जना घाइते भएका छन् | २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ |
घाइते २० जना डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!