हिमापातका कारण पहाडी क्षेत्रमा हवाई सेवा अवरुद्ध

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौं | हल्का बर्षा र हिमपातका कारण अहिले देशैभरिको मौसम चिसो भएको छ | हिमाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ भने हिम नदिसमेत जमेका छन् | त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा समेत अवरुद्ध भएको छ |

नेपाल नेपालगञ्ज हव बनाएर पक्षिमि भागमा उड्ने गरेका हवाई उडान अबरुद्ध भएका हुन् | शुक्रबार बिहान डोल्पा पुगेको जहाज खराब मौसमका कारण हालसम्म नेपालगन्ज फर्कन सकेको छैन | नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार सिमिकोट र रारामा बिहीबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ |

काठमाडौंबाट नेपालगञ्ज तथा धनगढीमा हुने उडान भने नियमित भइरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!