कञ्चनपुरमा एक जना मृत फेला

Posted on: 13 Dec, 2019

मंसिर २७, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका -६ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा एकजना मृत फेला परेका छन् | करिब ६० वर्षीय बृद्धको शव भेटिएको प्रहरीले जनाएको छ |

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दका अनुसार मृतकको परिचय खुलेको छैन |

 मृतक सडक छाप मानिस भएको उनको भनाइ छ | चिसोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ | शव भने महाकाली अस्पतालमा राखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!