आफ्नै अनुयायी माथि बलात्कारका आरोपी सिद्धबाबालाई तेस्रो पटक ३ दिनका लागि म्याद थप

Posted on: 13 Dec, 2019

मंसिर २७, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो | उनलाई फेरी ३ दिनको म्याद थप गरिएको छ | जिल्ला प्रहरी कार्यालयले सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो |

बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि प्रहरीले काठमाडौं पठाएकाले प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद गर्न अदालत समक्ष माग गरेको थियो | सुनसरीका डिएसपी विनोद शर्माका अन्नुसार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद गरेको हो |

उनलाई मुटुको समस्याका कारण म्याद थप पछि अस्पताल नै लगिएको छ | उनलाई दालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको प्रहरीको भनाई छ | उनलाई सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!