बर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित, यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौँ | नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभर बर्षा र हिमपात भइरहेको छ | चिसोका कारण जनजीवन प्रभावित भनेको छ भने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यातायात सेवा ठप्प भएको छ | त्यस्तै हवाई सेवा, फोनमा समेत अवरोध आएको छ |

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू-भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ |

शुक्रबार दिउँसो हल्का बर्षा भइरहेको छ भने काठमाडौँको चन्द्रागिरिमा समेत हिउँ परेको छ | शुक्रबार राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ |

त्यस्तै शनिबार पनि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ | उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको महाशाखाले जनाएको छ |

मंसीर २९ गते अर्थात आइतबार भने देशका केहि स्थानमा बदलि हुने सम्भावना रहेको छ | त्यस्तै आगामी २४ घण्टामा पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात  हुने संभावना रहेकाले सतर्कता अपनाउन् मौसम पूर्वानुमान महाश्खाले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!