मुगुमा हिमपात कृषक खुशी, व्यापारी चिन्तित (फोटो फिचर)

Posted on: 14 Dec, 2019

दान बहादुर बुढा | मङ्सिर २८, मुगु | बिहिबार रातीदेखि जिल्लाका उच्च हिमाली बस्तीहरु र शुक्रबार रातिदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषकहरु खुशी भएका छन् भने व्यापारीहरु चिन्तित भएका छन् ।

समय अनुसार मङ्सिर मध्यतिरबाट हिमपात हुन पर्नेमा यो बर्ष मङ्सिर अन्तिम सकिन लाग्दा हिमपानी र हिमपात नभएपछि खेत गह्रामा लगाएका हिउदे अन्न-बालीहरु सुक्ने भए भन्दै किसानहरु चिन्तित भएका थिए । तर सुक्रबार रातिदेखि हिमपात हुन थालेपछि यहाँका कृषकहरु हर्षित भएका छन् ।


गत कार्तिक महिनामा लगाएको हिउदे गहु, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगार्हामै सुक्न थालेका थिए । यो बर्ष हिउदे बाली उत्पादन नहुने भयो भनेर आश मारिसकेकाका थियौं तर एक्कासी हिजोरातिदेखि पानी र हिउ पर्न थालेकाले हिउदे बाली उत्पादनमा वृद्धि हुने आश पलाएको छाँयानाथ रारा नगरपलिका वडा नं १० का कृषक बगलीबहादुर बुढाले बताएका छन् । 

सोही नगरपालिका वडा नं ५ का नरबिर दमाई अहिले परेको हिउ र पानीले अन्न वाली मात्र नसपारेर सुख्खा मौषमले फैलन सक्ने रोग पनि रोक्ने र बर्षे बालीहरु लगाउन खेत गह्रा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफुहरु खुशी भएको बताउछन् ।


बुढा र दमाई मात्र होईन २ दिन यता परेको हिमपातले जिल्लाभरीका कृषकहरु खुशी भएका छन् । हिउद काम महिनाहरु सकिन लाग्दा पनि हिउ र पानी नपरेपछि हिउदे बालीको आश किसानहरुले मारिसकेका थिए भने बर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै माघ महिनाको मध्यबाट बर्षे बालीहरु कोदो, पाखेधान, मकै, आलु, सिमी, लगाउन शुरु गर्ने कृषकहरु बताउछन् ।


हिमपातले कृषकहरुमा खुशीयाली ल्याएपनि यहाँका व्यापारीहरु भने धेरै हिउ परि हाल्छ की भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्ध हुन्छन् की भनेर व्यापारी चिन्तित भएका हुन् । मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताएका छन । उनले कृषक र व्यापारी दुवैलाई खुशीपार्ने गरि हिउ परे हुने आशा राखेको बताए । मुगु लगाएत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक भएर व्यापारी सामान आउने भएकाले बढी हिमपात भएमा कच्चि सडक विग्रने र घुच्ची लेखले बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक उपभोग्य तथा अन्य सामान जिल्लामा अभाव हुन्छ की भनेर व्यापारीहरु चिन्तित भएको उहाँ बताउनु हुन्छ । 


हिपातले गर्दा मुगुबाट बाहिर जाने १ दर्जन यात्रु तथा मालवाहक गाडीहरु सदरमुकाम गमगढीमै र मुगु आउने २ दर्जन गाडीहरु बुलबुले, घुच्ची सातमोडमा रोकिएको बताउछन् । उता खत्याड गाँउपालिका जाने सडक पनि हिमपातले अवरुद्ध  भएपछी गाडीहरु गोठीजिउलामा रोकीएको छायानाथ यातायत प्रालिका अध्यक्ष नवराज चौलागाईले बताएका छन ।

बिहिबार रातिबाट परेको हिउँ पानिले  जिल्लाका उच्च हिमाली क्षेत्रहरु मुगु कार्मारोङ्ग गाँउपालिकाका ९ वटै वडाहरु छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाँउपालिकाका जोगीलेख, चाकपाडे, गम्था सेरी र सोरु गाँउपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा  हिउ जमेको खबर आएको छ ।


लगातार हिउ र पानि पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्रहीहरु जिल्ला सदरमुकाममा नआउदा सदरमुकाम सुनसान जस्तो भएको थियो । यसै विच हिमपातको कारणले जिउधनको क्षेती नहोसभनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाउन, सकभर घर बाहिर ननिस्कन र केही घटना भईहाले जतीसक्दो छिटो प्रहरी प्रसनमा खबर गर्न सुचना जारी गरेको प्रमुख जिल्लाअधिकारी उमाकान्त अधिकारीले बताए ।


सदरकाम गमगढी बजारमा ४ ईन्चसम्म हिउँ परेको छ भने हिउ पर्दा पशु चौपायलाई चरि-चराउको लागी समस्या भएको छ, बालबच्चा बुढा बुढीहरुलाई आवत जावतमा समस्या भएको छ । जिल्ला सदरमुकाम गमगढीको तापक्रम माईनस ७ डिग्रिमा झरेको गमगढी  हावापानी केन्द्रले बताएको छ ।

कृषि बिकास कार्यालय मुगुका अनुसार यो बर्ष समयमा नै हिउँ पानि परेको हुँदा यो बर्ष हिउदे बालिको उत्पादनमा राम्रो हुने निमित्त कार्यालय प्रमुख पन्चलाल बुढाले बताएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!