पर्वतमा एक युवक मृतावस्थामा फेला

Posted on: 15 Dec, 2019

मङ्सिर २९, पर्वत । (रासस) । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् । 

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।  

बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । विष्ट मालिका नमूना माविमा कार्यरत हुनुहुन्थ्यो । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!