सिन्धुपाल्चोकमा बस दुर्घटना: १२ जनाको घटनास्थलमै मृत्यु, थप क्षेतीको विवरण आउन बाँकी

Posted on: 15 Dec, 2019

मङ्सिर २९, काठमाडौँ | दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्कैघटनामा परि थप अन्य यात्रु  पनि हताहत भएकाले क्षतिको यकिन विवरण संकलन भइसकेको छैन । कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!