महोत्तरीमा लागूऔषधसहित भारतीय युवक पक्राउ

Posted on: 15 Dec, 2019

मंसिर २९, महोत्तरी | महोत्तरीबाट लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ परेका छन् | भारतबाट नेपालतर्फ आउन लाग्दा महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित जलसागरबाट भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला मधवापुर १ बिरोकर निवासी राकेश कुमार महतोलाई लागूऔषधसहित पक्राउ गरिएको हो |

चेकजाँचका क्रममा १९ वर्षीय महतोलाई लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी बताए | उनको साथबाट  फेनारगन ३ सय बोतल, नुफिन २ सय ९४ बोतल, डाइजेल्याब २ सय ९५ बोतल तथा एक घडी र चामल १० किलो फेला परेको छ |

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!