मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)

Posted on: 06 Apr, 2016

चैत्र २४, प्रज्वल पौडेल, रामेछाप ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सन्देशमूलक सडक नाटक सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरिएको छ । हेल्भेटास / स्विस ईन्टरकोअपरेशन नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति रामपूर रामेछापको संयुक्त आयोजनामा सडक नाटक संचालन गरिएको हो ।

sadak natak

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने काम, सीप, सुचना, तालिम र गन्तव्य देशको वारेमा आवश्यक जानकारी नहुँदा विदेशमा नेपालीले भोग्नु परेका समस्या र विदेशिएका युवाले स्वदेशमा पठाएको रेमिट्यान्सको दुरुपयोग समेतको कथावस्तु समेटिएको छ ।

sadak natak 1

यस्तै बैदेशिक रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा  श्रम कानुन, ट्राफिक नियम, जान लाग्ने अावश्यक रकमजस्ता कुराको साधारण जानकारी समेत नहुदाँ विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गर्नुपरेको विषय समेत समेटिएको छ । नाटकले सकेसम्म स्वदेशमा नै रोजगार गरौ वैदेशिक रोजगारमा जानै पर्ने अवस्थामा पनि आवश्यक सीप र सुचना लिएर मात्र जान सन्देश दिने  कथाबस्तु समेटेको छ ।

sadak natak 3 नाटकको माध्यमबाट प्रवाह भईरहेको सूचना समय सान्दर्भिक र अतिआवश्यक हुनुको साथै अति लाभदायी भएको प्रतिक्रिया नाटक अवलोकनकर्ताहरुले बताएका छन् ।

sadak natak 4 सडक नाटक जिल्लाको विभिन्न ग्रामिण स्थानबाट बढिमात्रामा वैदेशिक रोजगारीमा जाने गाविसका स्थानियलाई लक्षित गरि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उद्देश्यले चैत्र १० गते देखि कार्यक्रम सञ्चालन गरिएको सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सागरविक्रम बस्नेतले बताउनुभयो ।

सडक नाटकका तस्विरहरु

sadak natak 5jpg

sadak natak 6

sadak natak7

यस बिषयमा तपाइको प्रतिक्रिया...!