धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

Posted on: 16 Dec, 2019

मंसिर ३०,  काठमाडौं | वैध लागूऔषध ब्राउनसुगरसहित धरानबाट दुई जना पक्राउ परेका छन् | झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पा पक्राउ परेका हुन् |

आइतबार राति धरान उपमहानगरपालिका-८ बाट लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् |  इटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबी ७४ एएफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले लागुऔषध बरामद गरेको हो |

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!