बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौं | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ | 

प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो |

अख्तियारका अनुसार भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!