घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौँ | घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन् | गुठि सस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो |

जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरुलाई मंगलबार कार्यालय बाटै पक्राउ गरेको हो | कति घुस लिएका थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ |

उनीहरुले मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!