‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)  सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।‘एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत सोे सम्मान प्रदान  गरेको हो ।  एशोसिएशनद्वारा  आज यहाँ आयोजित कार्यक्रममा  निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो सम्मान ग्रहण गर्नुभयो ।

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पु¥याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुुलेख मिश्रले जानकारी दिनुभयो ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान  दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिनुभयो ।

वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट  गरिन्छ । यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!