यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

Posted on: 18 Dec, 2019

पुस २, काठमाडौँ | बुधबार नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ | जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि सामान्य नै रहने छ |

देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदली हुने छ भने अन्य भूभागको मौसम सफा रहने छ | त्यस्तै बुधबार राति पूर्वी र पश्चिमी पहाडी भू-भागमा बदलि रहनेछ | पुष तिन गते पनि मौसम सामान्य नै रहने छ |  पश्चिमि भु-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक बदली  रहने महाशाखाले जनाएको छ |

त्यस्तै शुक्रबार पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही  बाँकी भू-भागमा आंशिक बदलि रहने छ | पश्चिम भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!