चितवनमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा गाडी पल्टियो, एकको मृत्यु

Posted on: 18 Dec, 2019

पुस २, चितवन | चितवनको इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ |

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ | प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकिराखेको बा ५५ प ७४१४ नं को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई नालीमा पल्टिएको थियो।

दुर्घटनामा परी गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो | सो गाडीका चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!