बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 18 Dec, 2019

पुस २, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | ढोल्याबाट पुरचौडी नगरपालिकाको हाट जाँदै गरेको म १ ज ३२९ नम्बरको जीप पुरचौडी नगरपालिका–६, साउन गाउँमा बुधबार बिहान दुर्घटना भएको हो | 

दुर्घटनामा परि कैलालीको धनगढी उप–महानगरपालिका १ का प्रहरी जवान सुदिप श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार जीपका चालक पूर्णान्द बडू शौचालय गएको अवस्थामा गाडी १० मिटर अघि गुडेर पल्टिएको हो |

गाडीबाट हाम्फाल्न खोज्दा गाडीमा सवार हाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ | जिपमा १० जना यात्रु सवार रहेका थिए | अन्यको अवस्था सामान्य रहेको र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!