बालकुमारीमा ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौँ | ललितपुरको बालकुमारीमा ट्याक्सीको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ |

उनलाई बा २ज २८०६ नम्बरको ट्याक्सीले बिहिबार बिहान ठक्कर दिएको हो | उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ | मृककको सनाखत हुन बाँकी छ | ठक्कर दिने ट्याक्सीसहित चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!