बलात्कारको आरोपमा पक्राउ परेका महराको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुदै

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौं | बलात्कारको आरोपमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महराको निवेदनमा आज सुनुवाई हुने भएको छ | महरा जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका थिए | जिल्ला अदालत काठमाडौँले उनलाई  पुर्पक्षका लागि थुनामा पठाउ आदेश दिएको थियो | 

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदन माथि सुनुवाई हुने भएको हो | १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउ 

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो | महराले मंसिर ५ मा  उच्च अदालतमा निवेदन दर्ता गराएका थिए | पिडित संसद सचिवालयकी कर्मचारी संग पनि बयान लिइसकेको छ | 

बयानमा भने उनले आफूमाथि करणी नभएको वताएक छिन् | जिल्ला अदालत काठमाडौँले घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!