भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर लुक्ने सशस्त्र प्रहरीका सई पक्राउ

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौं | अमेरिका तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशत्र प्रहरीका एकजना  प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् | 

तत्कालीन सई उमेश सिलवाल  पक्राउ परेका हुन् | सशस्त्र प्रहरीका अनुसार भीआईपी प्रोटेक्सन तालिमका लागि १० वर्षअघि अमेरिका गएका सिलवाल लुकेर अमेरिकामै बसेका हुन् | तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो | तर उनी तालिम सकिएर पनि लुकेर बसे |

उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो | पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!