काठमाडौंमा ९ जना जुवाडे पक्राउ

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौं | काठमाडौँमा ९ जना जुवाडे पक्राउ परेका छन् | प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका-९ स्वुचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो |

महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले बुधबार बुढाथोकी सहित ९ जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएर आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!