यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान, पश्चिममा हिमपात र बर्षाको सम्भावना

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौँ | पश्चिमी वायु सक्रिय भएसँगै पश्चिमी नेपालको मौसममा बदली  भएको छ | मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ भने  पश्चिमी भुभाग लगायत पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | अघिल्लो साताको वायुले देशभरी हिमपात र पानि परेको थियो | महाशाखाका अनुसार राती पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पुर्वी र मध्य तराईका केहि स्थानमा हुस्सु/कुहिरो लाग्ने छ |

आगामी तीनदिनको मौसम पूर्वानुमान हेर्नुहोस:

पौष ४  गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही  बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५  गते (शनिवार)

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी  भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ६  गते (आइतवार)

दिउँसो: : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राती: देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!