बझाङका ८ बर्षीय एक बालक बिहिबार देखि धनगढीबाट वेपत्ता

Posted on: 20 Dec, 2019

पुस, ४ काठमाडौँ | बझाङका एक बालक धनगढीबाट बेपत्ता भएका छन् | धनगढीको शिवनगर बस्दै आएका ८ बर्षीय अनिष बाग वेपत्ता भएका हुन् | बिहिबार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केका अनिष शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा पढछन् |

बिहिबार बेलुकी निस्केका अनिष राती सम्म पनि घर नफर्किएपछि खोजी सुरु गरेपनि फेला नपरेको उनका दाइ नविन बागले बताए | आफन्तहरुलाई सम्पर्क गर्दा पनि अनिषको पत्ता नलागेको उनले बताए | खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि खबर गरिसकेको छ |

जिल्ला प्रहरी कार्यालय कैलालीले उनको खोजी कार्य जारी रहेको जनाएको छ | भेट्टाउने जोकोहीले नजिकको प्रहरी कार्यालय अर्थात यो नम्बरमा 9868558799 सम्पर्क गरिदिन आग्रह गरिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!