क्रिसमसका दिन सार्वजनिक विदा दिन माग

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौं  | पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय क्रिसमस महासंघले माग गरेको छ | शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले उक्त माग गरेको हो |

नेपाल सरकार सँग भएका ६ बुंदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गर्नु पर्ने, ख्रीष्टियन समूदायको महान पर्व क्रिसमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई सार्वजनिक विदा गर्नुपर्ने, भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने मागहरु महासंघले अघिसारेको छ |

महासंघकाअनुसार नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् |

३० लाख क्रिस्चियनहरु रहेको नेपालमा  वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरिएको  महासंघले जनाएको छ | सरकारले उक्त विदालाई सार्वजनिक विदाको रुपमा कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!