वडा अध्यक्ष खड्का सहित नौ जना ५ लाख ७५ हजार धरौटीमा रिहा

Posted on: 21 Dec, 2019

सम्राट सिंह | पुष ५, बझाङ | ज्यान मार्ने उद्योगमा मुद्धा खेपीरहेका वडा अध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँ मा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन ।

खड्का लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय बृद्ध डबल बहादुर खडका र निर्मला खडकालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै बृद्ध डबल बहादुर खड्काका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्धा दर्ता गराएका थिए ।

मुद्धा परेपछि खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तिलक खडका, ओमजंग खडका, बसन्त खडका, जंग खडका, एकेन्द्र खडका, सन्तोष खडका, भरत थापा, दिपक खडका, किरण खड्का गरी ९ जना मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले जानकारी दिए । आरोपी प्रहरी सम्पर्कमा आएपछि २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको उनको भनाइ छ ।

कुटपिटबाट बुबाको दुवै खुट्टा भाँचिएका छन घाइतेका छोरा तिलक खड्काले भने खुट्टा टेक्ने अवस्था नभएपछि लामो समयदेखि देखि काठमाडौको विएण्डबी अस्पताल मा उपचार भइरहेको छ । 

जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खडकाले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिएका छन । पत्रकारमा सम्मेलनमा उनले घाइते डबल बहादुर खडका मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन । 

माथिको तश्वीरमाः जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपछि शनिबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष तिलक खड्का 

यस बिषयमा तपाइको प्रतिक्रिया...!