रमेश बाहुन समूहका सुटर पक्राउ

Posted on: 22 Dec, 2019

पुस ६, काठमाडौँ | ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक जना ‘सुटर पक्राउ परेका छन् | नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बाहुन समूहका ‘सुटर’ दुर्गा राईलाई पक्राउ गरेको हो |  शनिबार उनलाई कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार  विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि राईलाई पक्राउ गरिएको हो | राई यसअघि पनि पाँच वर्ष जेल बसेर छुटेका थिए | यस्तै, महाशाखाकाले ‘गुन्डा नाइके’ दावा लामा समूहमा रहेर काम गर्ने विष्णु धिताललाई पनि पक्राउ गरेको छ | 

धिताललाई धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको गुनासो आएपछि पेप्सीकोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ | उनी पहिले गणेश लामा समूहमा थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!