बर्षकै सबैभन्दा छोटो दिन आज

Posted on: 22 Dec, 2019

पुस ६, काठमाडौँ | हरेक वर्ष डिसेम्बर २१ तारिखमा बर्षकै छोटो दिनका रुपमा मनाउँदै आएपनि यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको | केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ |

वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ | जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ | यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ | साथै, यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ | विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ | यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो |

सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट आएको हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिने बताइन्छ | यो एक खगोलीय घटना हो  |

अन्य विदेशी देशहरुमा आजको दिनलाई उत्सवको रुपमा मनाउने गर्छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!