काठमाडौँको सुकेधारामा बसको ठक्करबाट छात्राको मृत्यु, बसमा आगजनी

Posted on: 23 Dec, 2019

पुस ७ , काठमाडौं | सोमबार बिहान काठमाडौँको सुकेधारामा बसले ठक्कर दिंदा एक छात्राको मृत्यु भएको छ | भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् |

उनको मृत्यु पछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ भने बस पूर्णरुपमा जलेर नष्ट भएको छ | बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो |

सडक पार गर्ने क्रममा गोरखा घर भएकी २१ वर्षीया पन्तलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ | उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!