पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ

Posted on: 23 Dec, 2019

पुस ७, पाल्पा | पाल्पामा  लागूऔषधसहित एक जना पक्राउ परेका छन् | बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल पक्राउ परेका हुन् |

टवलबाट पोखरातर्फ गइरहेको अवस्थामा  उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!