भालुको आक्रमणबाट बझाङमा एक महिला गम्भीर घाइते

Posted on: 23 Dec, 2019

पुस ७,  बझाङ | बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् | जयपृथ्वी नगरपालिका -७ सुवेडाकि ५० बर्षिय सीता देवी रोकायालाई सोमबार बिहान भालुले आक्रमण गरेको हो |

स्थानीयका अनुसार उनलाई घर नजिकै काम गरिरहेको अवस्थामा भालुले आक्रमण गरेपछि टाउको र छातीमा चोट लागेको छ |

आक्रमणबाट घाइते भएकी रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ | स्थानीयको गोठमा पसेर आइतबार राति पशुचौपायालाई समेत आक्रमण गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!