छैठौ पर्वत महोत्सव हुने

Posted on: 24 Dec, 2019


पर्वतमा छैठौ पर्वत महोत्सवको आयोजना हुने भएको छ । स्थानीय लघुउद्यमको विकास र प्रर्बद्धनका साथै नेपाल भ्रमण वर्षलाई लक्षित गरी माघ ९ देखि १९ सम्म छा्रैठौ पर्वत महोत्सव हुन लागेको हो । 


पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमलाई  प्रर्वद्धनका लागि महोत्सवको आयोजना हुन लागेको उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने लक्ष्य राखिएको महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । 


महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!