मानवअधिकार उल्लंघनका घटना बढे

Posted on: 24 Dec, 2019

पर्वत । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा जिल्लामा मानवअधिकार उल्लंघनका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अध्ययनमा ५० प्रतिशत बढेको देखिएको हो ।

गैरकानूनी गिरफ्तार ४, हत्या २, बालयौन दुव्र्यवहार ७, बलात्कार ४ ,घरेलू हिंसा १० र भौतिक क्षति  एक गरी कुल २९ घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले बताए ।

गत वर्षको तुलनामा बालयौन दुव्र्यवहार  र घरेलु हिंसाका घटनाहरु दोब्बरले बृद्धि भएका छन् । इन्सेकले अर्धबार्षिक पुस्तकबारे पूर्वसमीक्षा गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!