अछाममा २७ दिनदेखि वेपत्ता १६ वर्षीया किशोरी वनमा मृत फेला

Posted on: 24 Dec, 2019

पुस ८, अछाम | २७ दिन देखि बेपत्ता १६ बर्षिय एक किशोरी अछाममा मृत फेला परेकि छिन् | जिल्लाको कमलबजार नगरपालिका–७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार नगरपालिका–६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन् |

 घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन | स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला परेको प्रहरीको भनाइ छ | मृतक बासुको अनुहारको केहि भागमा मासु नभएको र शरिर अंगभंग भएको बताइएको छ |

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी दिपक भारतीले बातए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!