काठमाडौँको गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ |

पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको महानगरी प्रहरी वृत थानकोटले जनाएको छ |

छोरालाई स्कुल पुर्याउँन गए उनलाई अपरिचित गाडीले ठक्कर दिएको छ | उनका छोराको भने ओम समाज हस्पिटलमा उपचार भइरहेको छ | हिजोमात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!