बस दुर्घटनामा परी २५ जनाको मृत्यु

Posted on: 24 Dec, 2019

(रासस/एएफपी) : बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु  हुनुको साथै अन्य १४ जना घाइते भएका छन् 

गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए ।  दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ ।  तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् । 

प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराईरहेको बताइएको छ । त्यसैगरी केही व्यक्तिहरु बसमै च्यापिएको उद्धारकर्ताहरुको भनाई छ ।

घटनास्थलबाट जिवितै उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । 

दुर्घटना भएको अवस्थामा यस बसमा झण्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ ।  

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभाको सुकाबुमी क्षेत्रमा पनि यसअघि गत सेप्टेम्बरमा पनि दुर्घटना भएको र कम्तीका २१ जनाको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!