बझाङ जादै गरेको बसको ठक्करबाट डडेल्धुरामा एक युवकको मृत्यु, एक गम्भीर घाइते

Posted on: 24 Dec, 2019

पुस ८, डडेल्धुरा | बसको ठक्करबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ | अमरगढी नगरपालिका वडा नम्बर १ मा महेन्द्रनगरबाट बझाङ जादै गरेको महाकाली यातायात प्रालीको ना ७ क ६५२२ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको से ४ प ५८८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो |

मोटरसाईकलमा सवारी अमरगढी नगरपालिका वडा नम्बर ११ का २० वर्षीय भरत बोहोराको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ | मोटरसाईकल चालक गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का १९ वर्षका महेश ठगुन्नाको अवस्था गम्भीर रहेको छ |

उपचारका लागि धनगढी रेफर गरिएको छ | बस चालक भने फरार भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!