किन पक्राउ परे काठमाडौँमा १२२ जना चिनियाँ नागरिक ?

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौं | काठमाडौँका विभिन्न स्थानबाट सोमबार मात्र १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् | यसबारे चिनले समेत चाँसो देखाएको छ | उनीहरु कस्ता अपराधी हुन् ? के-कति कारणले पक्राउ परे भन्नेबारेमा चिनले चासो देखाएको हो |

नेपालमा यो पहिलो घटना हो एकै दिनमा सयौंको संख्यामा विदेशी नागरिक पक्राउ परेको | केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध महाशाखा टेकुको संयुक्त टोलीले सोमबार मनमैजु, बाँसवारी, बूढानीलकण्ठ क्षेत्रबाट १२२ चिनियाँ पक्राउ गरेको हो |

गैरकानुनी रूपमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनीहरुको भनाइ छ | यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ | पक्राउ परेकाहरुलाई नेपाली कानुन अनुसार नै मुद्द्दा चलाउनेछ |

चिनियाँ नागरिक नेपालमा लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए | प्रहरीका अनुसार कतिपयको राहदानी समेत छैन | उनीहरूको साथबाट ल्यापटप, मोबाइल र सिम प्रहरीले बरामद गरेको छ | अनुसन्धान पछि उक्त बिषय खुल्ने प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!