बाजुरामा दाईले बोकेको बन्दुक पड्कियो, भाइको अवस्था गम्भीर

Posted on: 24 Dec, 2019

पुस ८, बाजुरा | दाईले बोकेको बन्दुक पड्किदा बाजुरामा भाई गम्भीर घाइते भएका छन् | जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएका हुन् | 

सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्केलेक जंगलमा शिकार खेल्न गएका वेला दाई नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पड्किदा भाई सुरेन्द्र गम्भीर घाईते भएका हुन् | नरेन्द्र हिउँमा चिप्लियर बन्दुक पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ | उनको बाँया कोखमा गोलि लागेको छ | गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अछामको वयलपाटा अस्पतालमा रिफर गरिएको छ |

नरेन्द्रलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक समेत बरामत गरेको बाजुरा प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!