छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोकिने, छाउगोठमा बस्ने महिलालाई पनि कारबाही हुने

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौं | महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ |

मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो | गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई पनि कारबाही गर्न भनिएको छ |

त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाउन र छाउगोठ नष्ट गर्न मन्त्रालयले पत्र गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!