गुल्मीमा ७२ वर्षीय वृद्ध हत्याको आरोपमा एक जना पक्राउ

Posted on: 24 Dec, 2019

पुस ८, गुल्मी | ७२ वर्षीय वृद्धको हत्या गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् | चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्या गरेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् |

उनी पुस ५ गते आफनै गोठमा मृत अवस्थामा भेटिएका थिए | अनुसन्धानको क्रममा भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ | गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीको भनाई छ |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!