काठमाडौंमा मोटरसाइकल चोरी गर्दागर्दै १ जना पक्राउ

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौं । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई आज पक्राउ गरेको हो । 

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा १०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!