डडेल्धुरामा बसको ठक्करबाट युवकको मृत्यु: स्थानीयद्धारा राजमार्ग अवरुद्ध

Posted on: 25 Dec, 2019

पुस ९, डडेल्धुरा | बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अबरुद्ध गरेका छन् | मृतकको परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अबरुद्ध पारेका हुन् |

अमरगढी नगरपालिका–१ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए | महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मंगलबार दिउँसो मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो |

गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका छन् | बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!