टोकरपुरका अति बिपन्न परिवारलाइ २०/२० हजार सहयोग

Posted on: 16 Apr, 2016

वैशाख ४, प्रज्वल पाैडेल । रामेछाप ।

रामेछापको टोकरपुर गाविसका अति बिपन्न भुकम्प पीडितले शुक्रबार अस्थायी आवास निर्माणका लागि आर्थिक सहयोग पाएका छन् । टीडीएस जर्मनीको आर्थिक सहयोेग र सामुदायिक विकास समाज (सीडीएस) को सहजीकरणमा प्रतिघरधुरी २० हजार रुपियाँका दरले ३६ घरधुरीले रकम पाएका हुन्. । आर्थिक सहयोग पाउनेमा पहरी जाती बढी रहेका छन् । भुकम्पले घर भत्किएका उनीहरु हालसम्म टहरा र छाप्रोमा बस्दै आएको र प्राप्त रकमले अस्थायी घर बनाउन सहयोग पुगेको स्थानीयले बताएका छन् । सहयोग रकम प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामुदायिक विकास समाजका कार्यक्रम अधिकृत मिलनकुमार घिसिङले संयुक्त रुपमा प्रदान गरेको टोकरपुरबाट कविता पहरीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!