नेपालमा बसेर यस्तो थियो चिनियाँ नागरिकको योजना

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौँ  | नेपाल र चिनको संयुक्त अप्रेशनमा राजधानीका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् | नेपाल आएर चिनियाँ नागरिकले अपराध गरिरहेको ‘ब्रिफिङ’पछि त्यहाँका अधिकारीले त्यस्तो गतिविधि रोक्न चाँडै नै उपयुक्त कदम चालिने चिनियाँहरुले बताएका थिए |


भदौमा नेपालका विभिन्न बैंकबाट एटिएम ह्याक गरेर सवा करोड बढी रकम चोरि गरेको घटनामा चिनियाँ नागरिक ८ जना पक्राउ परेका थिए | उक्त बिषयमा अध्ययन गर्न चिनियाँ फरेन्सिक टोलि नेपाल आएको थियो | यो घटना पछि चिनिया नागरिकहरु पर्यटन भिसामा नेपाल आएर  बैंकिङ तथा साइबर अपराधमा संलग्न रहेको प्रहरीले पत्ता लगाएका छन् | इन्टरपोलको महासभामा दुई देशका अधिकारीबीच कुराकानी भएपछि नेपालमा चिनियाँ नागरिकको निगरानी बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ | 

यो समयमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो र चिनियाँ अधिकारि बिच सूचना आदानप्रदान भएको थियो | ति चिनियाँ नागरिक नेपाल आएर आपराधिक गतिविधिमा संलग्न रहेको पत्ता लागे पछि   दुई देशबीचको समन्वयमा सोमबार काठमाडौंमा चिनियाँ पक्राउ अभियान क्लाइएको हो |  ‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा १२२ जना चिनियाँ पक्राउ परेको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताएका छन् |

पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन् | उनीहरूलाई तारकेश्वर नगरपालिका-१ मनमैजु, काठमाडौं-३ बाँसबारी र बुढानिलकण्ठ-३ बाट पक्राउ गरिएको हो | यो अपरेसनको नेतृत्व ब्युरोले गरेको थियो। समन्वयमा इन्टरपोल शाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर थिए | 

७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान उनीहरुको साथबाट फेला पारेको छ | उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम् प्रयोग गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ |

उनीहरुले प्रयोग गरेको प्रविधि  बैंक तथा वित्तीय अपराधमा प्रयोग गर्न सक्ने जोखिम थियो | उनीहरुले  इन्टरनेटमार्फत् बेवसाइट बनाइ नेपालका ठूला घरानाका व्यक्तिलाई ठग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!