सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

Posted on: 25 Dec, 2019

पुस ९,काठमाडौँ | सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको हो |

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई पक्राउ गरिएको हो |

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!