४० वर्ष पुरानो पुखौली पैदल मार्ग कालोपत्रे हुने

Posted on: 25 Dec, 2019

पर्वत ।२०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो ।

गण्डकी प्रदेश सरकारले  स्याङजाको नौडाँडादेखी पर्वतको हिलोखोला हुँदै कार्कीनेटासम्मको ११ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने भएको हो ।

गण्डकी प्रदेशका भौतिक तथा तथा पुर्वाधार मन्त्री रामशरण बस्नेतले उक्त सडकखण्डको शिलान्यास गरेका हुन् ।

मन्त्री बस्नेतले प्रदेशिक रणनीतीको मुख्य राजमार्गको रुपमा उक्त सडकखण्ड रहेको हुँदाा  स्याङजा नौडाँडा र कार्कीनेटा फलेवास हुँदै बागलुङको जैमुखी र गलकोट सडकखण्ड कालोपत्रे हुने बताउनुभयो ।

उक्त योजनाको लागि ४६ करोड बजेट विनियोजन भएको छ । त्यस्तै बागलुङ जैमुनीदेखि कुश्मीशेरा जोड्ने सडकखण्डमा   ३ करोड विनियोजन गरि काम भइरहेको उहाँले बताउनुभयो ।

 ख वर्गको प्रादेशीक सडक रहेका कारण  ८ मिटर चौडाई रहने  पुर्वाधार विकास कार्यलय पर्वतले जनाएको  छ ।  ०७७  मंसीर २८ सम्मका सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग टेण्डर प्रकृया थालिएको छ ।

आँधिखोला गाउँपालिका  , फलेवास नगर पालिका  जैमुनीनगर पालिका र गलकोट नगर पालिका गरी तीन जिल्लाका चार स्थानीय तह जोडने गरी सडकको कालो पत्रे शुरुवात भएको गण्डकी प्रदेश भौतीक तथा पुर्वाधार मन्त्रालयले जनाएको  छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!