यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on: 26 Dec, 2019

पुस १०, काठमाडौँ | पुष लागे संगै देशैभरि चिसो बढ्ने क्रम छ | काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ | बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको छ |

जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १.७, सर्खेतको २, दीपायलको ३.५ र पोखराको  न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ |

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १०  गते (बिहिबार)

दिउँसो : देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पौष ११  गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पौष १२  गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!